Nepal Government

Ministry of Agriculture, Forest and Environment

Department of Livestock Services

Yak Genetic Resource Center

Syangboche, Solukhumbu

स्रोत केन्द्रको कार्य विस्तृतीकरण

१. याकको जातिय शुद्धता कायम गर्ने।

२. राष्ट्रिय स्तरमा याक नाक चौरीहरुको न्युक्लियस र मल्टीप्लायर हर्डहरुको स्थापना तथा व्यस्थापन गर्ने।

३. याक नाक चौरीको उत्पादकत्व बढाउन प्रविधिहरुको विकास र विस्तार गर्ने।

४.  याक विकासका नविनतम प्रविधिहरुको उपयोग गरी याकको बाहय स्रोत विकासका कार्यक्रमहरु संचालन गर्ने।

५. याक नाक चौरीको in situ तथा ex situ  संरक्षण संवर्द्धन प्रवर्द्धन र सदुपयोग गर्दै राष्ट्रिय स्तरमा याक नाक चौरी आनुवांशिक जैविक विविधताको व्यवस्थापनमा सहयोग पुर्याउने।

६. राष्ट्रिय स्तरमा पशु आहारा सम्बन्धि नविनतम प्रविधिहरुको अनुसरण र विस्तार गर्ने।

७. नेपाल कृषि अनुसन्धान परिषद, विश्वविद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंगको सहकार्यमा याक, नाक र चौरी विकाससंग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान तथा प्रविधिको विस्तार गर्ने।

८. याक, नाक र चौरी विकाससंग सम्बन्धित विषयहरुमा राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको समन्वयमा स्थानीय र प्रादेशिक तहसंग सहकार्य गर्ने।

९. राष्ट्रिय स्तरमा याक, नाक र चौरीको विविध पक्षहरुमा क्षमता अभिवृद्धिका लागि स्थलगत तालिम, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरु संचालन गर्ने।

१०. शितोष्ण घाँसका प्रजातीहरुको विकास र विस्तार गर्ने।

११. केन्द्र तथा बाहय स्रोत विकास कार्यक्रम अन्तर्गत रहेका याक, नाक र चौरीको अभिलेखिकरण तथ्यांक विश्लेषण तथा प्रकाशनका कार्यहरु गर्ने।